d

नयाँ शैलीमा भोट माग्दै भीम रावल, बन्लान त अध्यक्ष?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका आकांक्षी भीम रावलले आफूलाई मत दिन प्रतिनिधिहरूसित आग्रह गरेका छन् । उनले आफूलाई जिताउन आग्रह गरिरहेका हुन् ।


रावलले सर्वसम्मत गर्ने भए आफ्नै नाममा सहमति गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीलाई दोहो¥याउने प्रयास भइरहँदा उनले आफू पछि नहट्ने बताएका हुन् । उनले आफूलाई मत दिन प्रतिनिधिहरूलाई मनाउने कोसिस गरिरहेका छन् ।


सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् ।


अध्यक्ष ओलीले भने नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउन भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी, पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए । नयाँ प्रस्ताव अनुसार रावलसहित असन्तुष्ट नेताहरूलाई पनि समेटिने अपेक्षा गरिएको थियो ।

 

इमेज: मेरो मेचीनगर 

Views: