d

एमसीसी जस्ताको त्यस्तै पास हुदैन: नारायणकाजी श्रेष्ठ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखरा । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । पार्टीको पोखरा महानगरपालिका समितिको दोस्रो अधिवेशन उद्घाटनमा शनिबार उनले यस्तो बताएका हुन् ।

 


नेता श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेस पनि परिमार्जन नगरी एमसीसी पास गर्ने पक्षमा नरहेको बताए । ‘नेपाली कांग्रेसले गठबन्धन नै तोडेर एमसीसी पास गर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘यदी त्यस्तो भएछ भने गठबन्धनका निम्ति राष्ट्रियतामा हाम्रो पार्टीले सम्झौता गर्दैन ।’
उनले आगामी चुनावमा कुन पार्टीसँग गठबन्धन गर्ने भन्नेबारे पार्टीमा निर्णय नभइसकेको बताए । ‘पार्टीको स्थिति, अन्य पार्टीका धारणा र राष्ट्रिय आवश्यकताका आधारमा कुन–कुन पार्टीसँग चुनावी गठबन्धन गर्ने भन्ने टुंगो लाग्छ । अहिलेको गठबन्धनमा भएका दलमध्ये कसै न कसैसँग गठबन्धन हुन्छ । सबैसँग हुने कि नहुने भन्ने एउटा निर्णयमा पुगिसकेका छैनौं,’ नेता श्रेष्ठले भने ।

 

file image

Views: