d

झापा कांग्रेस: सभापतिमा देउमान थेवे सहित प्यानलै विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेस झापाको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा १७६५ मत प्राप्त गरी देउमान थेवे सभापतिमा निर्वाचित भएका हुन् । थेवे यसअघि उपसभापति थिए । सभापति पदका लागि देउमान थेवे र राम कट्टेलबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा कट्टेलले १५१५ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई १६७४, केशवराज पाण्डे १८८९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनीहरुका प्रतिष्पर्धि प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरीले १२२१मत प्राप्त गरे ।

यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै सहसचिवमा कमल भण्डारीले १७६० र कालेन्द्र राजवंशीले १७६५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् ।

कांग्रेस नेता कृष्ण सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो ।

Views: