d

झापामा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको कन्काई नगरपालिका– ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्।

आइतबार दिउँसो साढे १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख ८०४१ नम्बरको बस अनियन्त्रित भई बिरिङ खोला पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो। तीव्र गतिमा गुडिरहेको बस अनियन्त्रित हुँदा पुलको बारमा ठोक्किएको थियो।

दुर्घटनामा कन्काई नगरपालिका– ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । झापा प्रहरीका अनुसार घाइतेहरूमध्ये ११ जनाको बिर्तामोडस्थित  बी एन्ड सी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पतालमा  उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

तस्बिर: नयाँ पत्रिका

Views: