d

अर्जुन दाहालको कविता: "नदेख्दा"

Views:
Responsive Image Gallery
Responsive Image Gallery

हवनका मन्त्र उच्चारणले,
तरंगित भएको तिम्रो विवाह मण्डपमा,
मैले तिमीलाई देखिन ।

 

थोरै लजाएर,
फूर्की, मक्ख परी,
विवाहित हुन आटेकी तिमीमा,
मैले तिम्रो हुने हुनेवाला श्रीमानको श्रीमतीलाई देखें,
मेरी तिमीलाई देखिन ।

 

जन्तिको लाम र भीड हेर,
चिल्ला गाडी हेर,
यहाँ डोली छैन,
पुरानो जमानाको डोली
त्यसैले चिल्ला कारहरु हेर ,
आफ्नो विवाहलाई हेर ।

 

मैले मेरी तिमीलाई नदेखेझै,
सायद,
तिमीले पनि तिम्रो म देखिनौं,
समय र परिवेशको विडम्बना
तिमीले भीडमा रहेको एक व्यक्ति देख्यौ,
तिम्रो म देखिनौं
त्यसैले मैले तिमीलाई देखेर पनि देखिन ।

Views: