d

एमाले अध्यक्षमा ओली विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन:  एमालेको दशौँ महाधिवेशनबाट केपी ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् । ओलीले एक हजार आठ सय आठ  मत ल्याएका छन् भने रावलको पक्षमा दुई सय १३ मत परेको छ । ७५ जनाले दुवै उम्मेदवारलाई मत दिएनन् । 

एमालेको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । चितवनको सौराहामा सहमतिको प्रयास असफल भएपछि मंगलबार बिहान मतदान सुरु गरिएको थियो ।

Views: