d

अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने भीम रावलकाे घाेषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery


चितवन – नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका  रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन् । 

आज मङ्गलवार चितवनको साैराहामा नेतृत्व चयनका लागि भएको मतदान सकिएलगत्तै उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यका लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अरूमा त मैले भरेकै छैन । अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि मेरा लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौँ महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए  । उनले महाधिवेशनको मत परिणाम दुई घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले पार्टीकाे दशाैँ राष्ट्रिय महाधिवेशनमा निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । 

Views: