d

अध्यादेशमार्फत् रेलवे कानुन ल्याउँदैछौं: मन्त्री यादव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यतायात मन्त्री रेनु यादवले सरकारले अध्यादेशमार्फत रेलवे कानुन ल्याउने तयारी गरेको बताएकी छन् । मंगलबार जनकपुरधाम रेलवे स्टेशनमा सञ्चारकर्मीसँग उनले अध्यादेशमार्फत रेलवे कानुन ल्याउने बताएकी हुन् ।
‘अध्यादेशमार्फत रेलवे कानुन बनाउने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । गएको आइतबार मन्त्री परिषद्को बैठकमा अध्यादेशमार्फत रेलवे कानुन ल्याउन प्रस्ताव पेश गरेको छु,’ उनले भनिन्, ‘आजै काठमाडौं पुगेर सम्पूर्ण कागजातमा हस्ताक्षर गर्छौं । एक हप्ताभित्र कानुनी प्रकृया पूरा हुन्छ ।’
अध्यादेशबारे एक चरणको कुराकानी प्रधानमन्त्रन्त्री शेरबहादुर देउवासँग भएको र उनी सकारात्मक रहेको मन्त्री यादवको भनाइ छ ।
सरकारले रेल सञ्चालनका लागि तिब्र रुपमा काम गरिरहेको भन्दै कर्मचारी भर्ना प्रक्रिया पनि छिट्टै थाल्ने उनले जानकारी दिइन् । बजेटबारे अर्थ मन्त्रालयमा जानकारी दिइसकेको भन्दै अव बजेटको समस्या नहुने उनको दाबी छ ।

 

Views: