d

एमाले महाधिवेशन: परशुराम मेघी गुरुङ  केन्द्रिय सदस्यमा निर्वाचित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट परशुराम मेघी गुरुङ केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । लामो समय देखि सक्रिय राजनीतिमा रहेका गुरुङले १७८३ मत ल्याएर ओली नेतृत्वको केन्द्रिय कमिटिमा खुल्लातर्फबाट  निर्वाचित भएका हुन्।  

 

२०३२ साल देखि कम्युनिस्ट  राजनीति शुरु गरेका गुरुङ ८औं महाधिवेशन देखि निरन्तर रुपमा एमालेको केन्द्रीय सदस्य रहदै आएका गुरुङले  ९ औं महाधिवेशनमा पोलिटब्यूरो र संघीय मामिला भागको जिम्मेवारी समेत सम्हालेका थिए । 

 

 संखुवासभा जिल्लाबाट १ पटक राष्ट्रिय सभा र २ पटक प्रतिनिधि सभा गरी ३ पटक सम्म सांसदमा निर्वाचित भइसकेका  नेता गुरुङ  एमाले वृत्तमा स्पस्ट भिजन भएका र त्यागी नेताका रुपमा परिचित छन्।  

Views: