d

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे । 

मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, (एकीकृत समाजवादी र राप्रपा नेपालको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका तीन र राप्रपा नेपालका एकजना सांसद रहेका छन् । एमालेको महाधिवेशनका कारण जिल्लाबाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।

 

तस्बिर: प्रशासन 

Views: