d

अभिनेत्री रेखा थापा राप्रपाको चुनावी मैदानमा, कुन प्यानलबाट?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् । उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको छ ।
उनीसँगै लिङ्देन प्यानलबाट गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ । राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ । विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ ।
त्यस्तै कमल थापा प्यानलबाट कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै थापा प्यानलबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, विक्रम पाण्डे, जयन्त चन्द, रोशन कार्कीलगायतको नाम चर्चामा छ भने लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सिनाको नाम उपाध्यक्षमा चर्चा छ ।

Views: