d

एमडिएमएस प्रणाली लागू भएपछि अवैध रूपमा नेपालमा आयात मोबाइल फोन बन्द हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन्। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अवैध रूपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडिएमएस प्रणाली लागू गर्ने बताए। 

अर्थमन्त्री शर्माले एमडिएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अवैध रूपमा नेपालमा आयात मोबाइल फोन बन्द हुने बताए। उनले अवैध रूपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए।

‘अवैध रूपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघमार्फत हिजो मात्रै थाहा पाएँ। यो विषयमा थाहा पाउनेबित्तिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु। तर, विदेशबाट वैधानिक रूपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ। नेपालको अर्थतन्त्र रेमिट्यान्समार्फत चलाइरहेको छ। नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्दछन्। यसरी विदेशमा दुःख गरेर नेपाल फर्किनेहरूलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरूमाथि अन्याय हुन्छ। एउटा ल्याउन दिएमा एउटाबाट अर्को एउटा हुँदै धेरै हुने समस्या उत्पन्न भएको छ। यसरी अहिले ३० प्रतिशतसम्म मोबाइल फोन अवैध रूपमा आयात हुने गरेको छ। यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने।

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रूपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए। उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्न सक्ने बताए। अब मोबाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे। उनले नेपालमा  मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य  धेरै सुविधा दिन तयार रहेको बताए। नयाँ पत्रिका।
 

Views: