d

गौरादह नगरपालिकामा मुख्य गेटमा लगाए व्यवसायीले ताला, दिनभर कर्मचारी बाहिर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: गौरादह नगरपालिकामा स्थानीय व्यवसायीले तालाबन्दी गरेका छन् । बजार व्यवस्थापन नभएको भन्दै गौरादह नागरिक समाजद्वारा तालाबन्दी गरेको बताइएको हो । 

 

No description available.

 

लामो समयदेखि बजार व्यवस्थापन गर्न माग गरिरहदा पनि नगरपालिकाले बेवास्ता गरेको बन्दकर्ताको आरोप छ । 

१३ गते बसेको दलिय प्रतिनिधि सहितको सर्वदलीय भेला द्वारा गरिएको सहमति अनुसारको माग सम्बोधन नभएको उनीहरुको आरोप छ । 

 खाडल खनेर ५ हजार किलो चामल गाडिएको भन्दै गत जेष्ठमा तालाबन्दी गर्न पुगेका स्थानीय युवाहरूलाई सुरक्षाकर्मी तैनाथ गरेर तालाबन्दी गर्न रोकेको नगरपालिकाले यसपटक व्यवसायीले तालाबन्दी गर्दा भने निरीह देखिएको छ । 

सुरक्षाकर्मीले समेत तालाबन्दी गरेपछि मात्र थाहा पाएको ईलाका प्रहरी कार्यालयको भनाइ रहेको छ । 

तालबन्दी गरेपछि नगरपालिकाको दैनिक कार्य समेत ठप्प भएको बुझिएको छ । 


तालाबन्दी गरिएको बारेमा बुझ्न प्रयास गर्दा मेयर रोहित कुमार साहले व्यवसायीको समस्याबारे तत्काल सम्बोधन गरिने पहल थालिएको बताए । पर्दाफास संग कुराकानी गर्दै पार्टीको आन्तरिक अधिवेशनका कारण आफू बाहिर रहेकोले सहज निकासको लागि छलफल चलाउन उपमेयरलाई जानकारी गराइएको मेयर साहले बताए।  आपसी सहमतिमा समस्याको समाधान खोज्नुपर्ने भन्दै नगरपालिकामा तालाबन्दी गरेर मात्र समस्या समाधान नहुने उनले बताएका छन् ।


उता उपमेयर गिता भेट्वाल भने बन्दकर्ताको माग जायज रहेको भएतापनि व्यापारीहरु नगरपालिकाले तोकेको स्थानमा जानै नचाहेको तर्क गर्छिन् ।


 'हामीले वडा नं. २ को थोक बजारमा बजार सार्न बारम्बार प्रयास गर्यौं तर सडकमा जथाभावी व्यापार गर्नेहरू नगरपालिकाले तोकेको स्थानमा जानै नचाहेको कारण समस्या आएको हो ।',भेट्वालले भनिन् । 

'कतिपय बजारबासी समेत नयाँ स्थानमा बजार नपरोस् भन्ने सोच राख्नुहुन्छ जुन अत्यन्तै गलत छ ।', उपमेयर भेट्वाल बताउछिन् । 

प्रशासन लगाएर भएपनी सडक खाली गर्नै पर्ने नत्र परिस्थिति अप्ठ्यारो हुँदै गएको भेट्वालको भनाइ छ ।

Views: