d

राप्रपा महाधिवेशन: निर्वाचन कार्यक्रम बाहिस्कार गर्ने तयारीमा लिङ्देन समूह, भएको के हो ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

बिहीबार विहान १० बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने कार्यतालिका भए पनि प्रतिनिधिको नाममा विवाद भएपछि अहिलेसम्म मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन ।

अध्यक्ष कमल थापा पक्षले फर्जी प्रतिनिधि थप गरेको भन्दै नेता राजेन्द्र लिङ्देन समूहले गम्भीर प्रश्न चिन्ह उठाए पछि छानबिन हुन लागेको बताएको छ । 

'रातको समयमा बाहिरको मानिसलाई कम्प्युटरमा बसाएर मतदाता  नामावलीमा जथाभावी संशोधन गरेको रंगेहात भेटिएको छ, यस्तो गंभीरतापूर्ण र  कार्यप्रति हामीले घोर आपत्ती प्रकट गरिसकेका छौं,  पराजित मानसिकतामा पुगेको  थापापक्षले जस्तो सुकै हतखंडा अपनाउन पनि पछि परेको छैन, यस्तै हर्कत हो भने हामी निर्वाचन कार्यक्रम बहिस्कार गर्न पनि बाध्य भइने छ ।' - महाधिवेशन स्थलबाट पर्दाफाश संग कुरा गर्दै झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताए ।   

मतदाता नामावलीमा धेरैनै त्रुटी गरेको हुन सक्ने अध्यक्ष ओझाको आशंका छ । 

''साँझसम्म मतदाता नामावली प्रकाशन गर्न नसक्नुले गंभीर आशंका पैदा गराएको छ।', ओझाको भनाई छ ।  

मतदाता नामावली आएपछि ७७ वटै जिल्लाबाट प्राप्त विवरण सँग मिले नामिलेको हेरेर मात्र निर्वाचनमा भाग लिने तयारीमा लिंगदेन पक्ष रहेको बुझिएको छ । 

मतदाताको अन्तिम नामावली नटुंगिएका कारण उम्मेदवारी दर्ता लगायतका कार्यक्रम पनि रोकिएको छ । आगामी अध्यक्षमा हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दैछन् ।

Views: