d

राजेन्द्र लिङ्देनको समुहमा बिक्रम पाण्डे उपाध्यक्षका उम्मेदवार, रेखा थापा महामन्त्रीमा लड्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले निर्वाचनबाट चयन हुने उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् ।

उनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने बताइएको छ।  

बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरु १४१ केन्द्रीय सदस्य निर्वाचनबाट आउनेछन् ।

Views: