d

राजेन्द्र लिङ्देनलाई संग्रौलाको बलियो साथ, लिङ्देन समूहबाटै केन्द्रिय सदस्य लड्दै छन् संग्रौला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको समूहबाट लक्ष्मी प्रसाद संग्रौलाले केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका छन्।  पर्दाफास मिडिया प्रा. लि. का प्रमुख सल्लाहकार समेत रहेका संग्रौला राष्ट्रिय प्रजातन्त्र पार्टीको सबै भन्दा माथिल्लो इकाई मानिने  केन्द्रिय निर्देशन समितिका सदस्य, केन्द्रिय कार्यसम्पादन समिति सदस्य तथा केन्द्रिय सदस्य समेतको जिम्मेवारी सम्हाल्दै आएका छन्।  कोरोना महामारीमा काठ्माण्डौ उपत्यका लगायत झापाका विभिन्न पालिकाहरुमा खाद्यान, स्वास्थ्य सामाग्री, लत्ताकपडा लगायत एम्बुलेन्स सेवा ४ महिना सम्म निशुल्क रुपमा संचालन गरेर चर्चा कमाएका संग्रौलाको काठमाण्डौमा मार्वल तथा टायल्सको  व्यवसाय छ। 

 काठमाण्डौ मार्वल व्यापार संघका  केन्द्रिय अध्यक्ष समेत रहेका संग्रौलाले कोभिड  महामारीको समयमा विभिन्न जिल्लाबाट काठमाण्डौ आएर अध्ययन गर्ने बिद्यार्थी र कोरोनाका कारण काठमाण्डौमा रोजगारी गुमाएका परिवारलाई घर घरमा खाद्यान्न सामाग्री र एल पी ग्याँस निशुल्क रुपमा वितरण गरेका थिए।

 

त्यति मात्र होइन कोरोना महामारीको समय बाहेक पनि उनी मानविय सेवामा समर्पित रहदै आएको पाइन्छ ।   धेरै विपन्न परिवारको स्वास्थ्य उपचारमा आर्थिक तथा भौतिक सहयोग पुर्याउदै आएका संग्रौलाले खेलकुद क्षेत्रमा समेत रुची राख्ने गरेको पाइन्छ ।  समय समयमा जर्सी, भलीवल, फुटवल लगायतका खेलकुद सामाग्री दिएर सहयोग पुर्याउने संग्रौला युवाहरु माझ पनि उतिनै लोकप्रिय छन् । 

 

वाल्यकालमा अत्यन्तै कष्टकर जीवनयापन गरेको बताउने संग्रौला जीवनभर समाजसेवा गरिराख्ने अठोट रहेको बताउछन्। आफूले राजनीति नगरे पनि केहि फरक नपर्ने बताउने संग्रौला व्यवसाय गरेर कमाएको पैसाबाट केहि प्रतिशत सामाजिक सेवामा खर्च गर्ने गरेको बताउछन्।  

 

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा बलियो पार्टीको रुपमा देख्न चाहेको बताउने संग्रौला राजेन्द्र लिङ्देन एउटा असल, निष्ठावान र इमान्दार नेताको रुपमा लिने गरेको बताउछन्।  राप्रपाका तिनै जना अध्यक्ष संग निकटम र राम्रो सम्बन्ध भएका नेता  संग्रौला राप्रपालाई बलियो र सम्भावना बोकेको पार्टी बनाउनकोलागी युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने बलियो तर्क गर्छन्।  

'मैले नेता त्रयलाई पटक पटक नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न भन्ने गरेको छु।', संग्रौला बताउछन्।  

राजेन्द्र लिङ्देनलाइ नेतृत्वको लागी अगाडी बढ्न आफुले समेत पटकपटक सल्लाह दिएको बताउने संग्रौला भन्छन्, 'राप्रपालाई पहिलो पार्टी  र देशलाई समुन्नत राष्ट्र बनाउने हो भने  नेता लिङ्देन माथि सबैले भरोसा गरेर जिम्मेवारी सुम्पिन सक्नुपर्छ।'  

 

राजनीतिलाई सेवाको भावनाले हेरिनुपर्ने बताउने संग्रौलाको उम्म्देवारीलाई राप्रपा वृत्तमा निकै महत्वका साथ हेरिएको पाइन्छ । 

Views: