d

राप्रपा महाधिवेशन:  उम्मदेवार बन्नेले १५ हजार देखि १ लाख सम्म बुझाउनु पर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: जसरी भएपनि नेतृत्व आफ्नै कब्जामा राख्ने रणनीति लिएको कमल थापा पक्षधरले उम्मेद्वारी दर्तामा समेत महंगो शुल्क घोषणा गरेका छन् ।  एकता अधिवेशन नाम दिएको महाधिवेशनमा केन्द्रिय पदाधिकारी र सदस्यमा महँगो आर्थिक भार थोपरिएको भन्दै आक्रोश व्यक्त हुन थालेको हो।  

 राप्रपा निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिदा १ लाख रुपैयाँ बुझाउनुपर्ने भएको छ । त्यस्तै उपाध्यक्षले ७५ हजार, महामन्त्रीमा उम्मेद्वारी दिने भए ५० हजार र सदस्यका आकांक्षीले १५ हजार बुझाउनुपर्ने सूचना प्रकाशन गरिएको  पाइएको छ।  

महाधिवेशन सचिवालयमा थापा पक्ष हावी छ । यसैको फाइदा उठाएर सर्वसाधारणले उम्मेद्वारी दर्ता गर्न नसक्ने गरि प्रावधान थापा पक्षले ल्याएको उम्मेद्वारीका आकांक्षीहरुले गुनासो गरेका छन्।  

सक्रिय सदस्यता वापत समेत शुल्क महाधिवेशनमा खर्च गर्ने बताउंदै आएको राप्रपा केन्द्रिय सचिवालयले उम्मेद्वारी दिनेहरुबाट समेत धान्ने नसकिने गरि रकम असुली गर्न थालेको भन्दै महाधिवेशन स्थलमा उपस्थित नेता कार्यकता आक्रोशित बनेका छन्।  
 

Views: