d

'एमसीसी' को समर्थन गरेर विवादमा तानिएका थापालाई अध्यक्षमा जित्न फलामको चिउरा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ: राप्रपाका ३ अध्यक्ष मध्ये दुई जना अध्यक्षले यो पटक अध्यक्षको उम्मेद्वारी नदिने घोषणा गरेका छन् । दुई अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीले अध्यक्ष नलड्ने बताइरहदा अर्का अध्यक्ष कमल थापा भने यहि मौकामा निर्विकल्प अध्यक्ष बन्ने दाउमा लागेका छन् । यद्यपि आफ्ना बलिया हस्ति राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा चुनौतीले गर्दा थापालाई अध्यक्ष बन्न फलामको चिउरा जत्तिकै भएको छ । 

सत्ता स्वार्थमा जस्तोसुकै हथखण्डा अपनाउन पछी नपर्ने थापालाई यो पटक अध्यक्ष बन्न  निकै अप्ठ्यारो हुँदैगएको पाइन्छ । आफुलाई सच्चा राष्ट्रवादी भएको बताउने थापाका आफ्नै व्यवहार र त्रुटिपूर्ण कदमका कारण पटकपटक बिवादित बन्दै आएका छन् । 

आफ्नै पार्टीका भात्री संगठनले एमसिसी को राष्ट्रव्यापी रूपमा विरोध र आन्दोलनका कार्यक्रम घोषणा गरिरहदा  थापाले भने 'एमसिसी' को विरोध गर्नेहरु राष्ट्रवादी हुनै नसक्ने भन्दै पटकपटक एमसिसीको खुल्ला समर्थन गरेपछि कार्यकर्ता तहमा उनको तिखो आलोचना बढेको थियो ।

राप्रपाका सबै नेता कार्यकर्ता एमसीसीको विरोधमा उत्रदा समेत थापाले एकोहोरो रुपमा एमसीसी देशको हितमा रहेको तर्क गर्दै आएका छन् । 

 

एमालेको महाधिवेशनमा वक्ताको रुपमा मौका पाएका थापाले केपी ओलीको देवत्वकरण गर्नमै पुरा समय खर्च गरेका थिए। 


आफु केपी ओलीको सच्चा समर्थक भएको र ओलीले मात्र देश बनाउन सक्ने भन्दै दिएको अभिव्यक्तिका कारण पनि राप्रपा भित्र  थापा कमजोर हुँदै गएको पाइन्छ।  

आफु एमाले महाधिवेशनमा पुगेर ओलीको उच्च प्रसंसा गरेका थापाको निमन्त्रणालाई ओलीले भने स्वीकारेनन् ।  राप्रपा महाधिवेशनमा ओलीले कार्यव्यस्तता देखाउंदै इश्वर पोख्रेललाई प्रतिनिधि पठाएका  थिए।  

भात्री संगठनका प्रतिनिधिलाई महाधिवेशन प्रतिनिधिमा भाग लिन समेत बंदेज गराएका थापा निर्वाचन नजिकीदै गर्दा चौतर्फी घेरावन्धीमा पर्न थालेका छन् । 

Views: