d

सिम्रिक वचत तथा ऋण सहकारी संस्था गौरादह केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले १ अर्व ८४ करोड़ ७७ लाख ६३ हजार २ सय ६९ वरावरको कुल कारोवार गरेको छ। प्रधान कार्यालय विर्तामोडमा रहेको सहकारी संस्थाले गौरादह लगायत झापा र मोरंगका विभिन्न स्थानहरुमा सेवा केन्द्र संचालन गर्दै आएको संस्थाले २२ करोड २ लाख २५ हजार ५ सो ७२ आदानी गर्न सफल भएको छ।   संस्थाको ३७ हजार ५ सय ६६ कुल शेयर सदस्य रहेकोमा गौरादहमा मात्र १५ सय बढी शेयर सदस्य रहेको संस्थाले जनाएको छ।  संस्थाले गत आर्थिक वर्षमा २ करोड ४८ लाख ११ हजार ९ सय ७९ खुद नाफा गरेको छ।  झापामा २४ वटा, मोरंगमा ४ वटा र इलाममा ५ वटा सेवाकेन्द्र संचालनमा ल्याई सकेको संस्थाले यस आर्थिक वर्षमा मोरंग तथा ईलाममा थप सेवा केन्द्र संचालनमा ल्याउने तैयारी गरेको छ।  

पंचेश्वर  शिवालय मन्दिर गौरादहको सभाहलमा सम्पन्न साधार सभामा संस्थाका गौरादह क्षेत्रका शेयर सदस्य तथा संस्थाका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो।  संस्थाका कोषाध्यक्ष मेहर मान विष्टले संस्थाको ११ औं वार्षिक साधारण सभामा प्रस्तुत गर्ने अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।  अध्यक्षको प्रतिवेदन साधारण सभाले पास गरेको छ।  झापा जिल्ला अध्यक्ष कृषि सहकारी संघ अध्यक्ष मिना ढकालको प्रमुख आतिथ्यमा साधार सभा सम्पन्न भएको थियो।  त्यस अवसरमा मिडिया नेपाल केन्द्रिय सदस्य सान नेपाल, जेस्ठ नागरिक संघ गौरादह अध्यक्ष गोपाल प्रसाद काफले, संघका सचिव गोपी नाथ धमला लगायतले शुभकामना मन्तब्य राखेका थिए।  संस्थाका गौरादह सेवा केन्द्र प्रमुख वेद प्रसाद आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका विभागीय प्रमुख विजय वास्तोलाले कार्यक्रम संचालन गरेका थिए।

Views: