d

यथासिघ्र चुनावमा जानुपर्छ - ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश चुनावमा जानुपर्ने बताएका छन्। 

आज शुक्रवार काठमाण्डौकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट देश चल्न नसक्ने भन्दै छिटो चुनावमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

उहाँले सत्तारुढ पाँच दलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा देशलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्‍याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारे । अध्यक्ष ओलीले सत्तारुढ केही दलको काम बिगार्ने र भत्काउनेबाहेक अरू केही नभएको दाबीसमेत गरे । 

उनले भने, ‘राष्ट्रिय राजनीति अन्याेलग्रस्त, अस्थिरतायुक्त र गत्यावरोधको अवस्थामा छ । त्यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अघि बढाउने काममा हामी लाग्छाैँ । वर्तमान गठबन्धनको सरकारबाट देश चलिराखेको छैन । यो सबैले अनुभूत गरेको कुरा हो । कसैले बोल्छ, कसैले बौल्दैन । कसले बोल्न मिल्छ, कसले मिल्दैन ? कसले भन्छ, कसले भन्दैन । कसलाई भन्न मिल्छ, कसलाई मिल्दैन, त्यो आफ्नो ठाउँमा होला । तर देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यस्तो चलेकोलाई पनि चलेको भन्ने हो भने त नचलेको कसलाई भन्ने ? र यो भद्रगोल, यो अनियमितता, यो बेथिति, यस प्रकारको गतिहनता देशले लामो समय भोगिरहन सक्दैन । त्यस कारण हामी सधैँ भनिरहेका छौँ– छिटोभन्दा छिटो ताजा जनादेशमा जाऊ । हाम्रो सधैँ जोड रहेको छ– देशको समय अर्कमण्यताकाे कारण बर्बाद गर्नु उचित हुँदैन । त्यस कारण अगाढि जाऊ । स्थिति कस्तो छ ? हरेक क्षेत्रलाई निकम्मा बनाइएको छ र लोकतन्त्रको आधारलाई भत्काउने काम गरिएको छ । प्रक्रियागत हिसाबले लोकतन्त्रलाई भत्काउने काम गरिएको छ ।’ उज्यालों अनलाइन । 

Views: