d

चुनावमा आर्थिक चलखेल र धाधली नभए राजेन्द्र लिङ्देनले जित्ने पक्का

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा महाधिवेशनमा अध्यक्ष पद कसले हातपार्ने भन्ने चर्चा चल्दै गर्दा माहोल राजेन्द्र लिङ्देन तर्फ देखिएको छ ।

सामाजिक संजालमा सबैको हाई हाई बनेका लिङ्देनले अत्याधिक मत सहित जित्ने लगभग निश्चित बन्दै गएको छ ।

सामाजिक संजालमा बलियो चर्चा कमाएका लिङ्देनले महाधिवेशन स्थलमा समेत कार्यकर्ता बाट बलियो साथ पाउन थालेका छन् ।

 

शुक्रबार दिनभर मतदाता संग भोट माग्न व्यस्त रहेको लिङ्देन समुहले प्यानलै जित हात पार्ने लिङ्देन निकट नेता कार्यकर्ताले बताउने गरेका छन् ।

 

एक केन्द्रिय सदस्यले नाम नखुलाउने सर्तमा पर्दाफास संग भने, 'होटल होटलमा पुगेर मतदातालाई पैसा बाढ्ने खेलमा कमल थापाले मान्छे खटाएको हल्ला छ, निस्पक्ष र धाधलीरहित तवरले निर्वाचन हुने हो भने राजेन्द्र लिङ्देनले फराकिलो अन्तरले थापा माथि विजय हातपार्ने निश्चित छ ।'

'आर्थिक चलखेल र धाधली नभए लिङ्देन ले जित्ने निश्चित प्रायः भएको देखिन्छ।', उनले भने ।

आफुहरुले स्वतन्त्र र धाधलीरहित तवरले निर्वाचन होस् भन्ने चाहेको बताए ।

Views: