d

कांग्रेस महाधिवेशन: प्रदेश १ मा थापा र घिमिरे मैदानमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भइरहेको प्रदेश १ को अधिवेशनमा संस्थापन र पौडेल पक्षले प्यानलै बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् ।
संस्थापन पक्षबाट उद्धव थापा र पौडेल समूहबाट गुरुराज घिमिरे सभापतिको दौडमा छन् ।
संस्थापन पक्षबाट उपसभापतिमा उमेशजंग रायमाझी र टंक राई, महामन्त्रीमा दिवेन श्रेष्ठ र भुपेन्द्र राई तथा सहमहमन्त्रीमा प्रमिला गच्छदार, विनोदकुमार बस्नेत, झकबहादुर लिम्बू, इन्दिरा थापा, शेर्मराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, पौडेल समूहबाट घिमिरेसहित उपसभापतिमा गोविन्द ढुंगेल र विश्वनाथ, महामन्त्रीमा उमेश थापा र पदमसुन्दर पाहुङ तथा सहमहामन्त्रीमा अञ्जना ताम्ली, रोहित शाही, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, खड्ग फागोले उम्मेदवारी दर्ता गरेका छन् ।

 

Views: