d

मोडर्नाको १ लाख ८८ हजार मात्रा खोप आयो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत् १ लाख ८८ हजार ४ सय मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सो खोप कतार एयरवेजमा ल्याइएको हो ।
विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने अनुमति दिएको छ । यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने सरकारको योजना छ ।
नेपालमा कोरोनाविरुद्ध खोप अभियान जारी छ । बिहीबार मात्रै सरकारले प्रत्येक दिन २ लाख मात्रा खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

Views: