d

राप्रपा महाधिवेशनको बजेट ३ करोड हुने अनुमान, महाधिवेशन प्रतिनिधिलाई दिनको १५ सय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको लागि ३ करोड खर्च हुने अनुमान गरेको छ। 

बुधबारदेखि काठमाडौंमा चलिरहेको महाधिवेशनमा खान र बस्नसहित ३ करोड बजेट खर्च हुने अनुमान गरिएको राप्रपाले जनाएको छ। 

राप्रपा महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि रहेका छन्। पार्टीले खाना र बासको व्यवस्था गरे पनि काठमाडौं आउजाउको व्यवस्था भने प्रतिनिधि आफैँले गरेका थिए। 

राप्रपाका अधिकांश प्रतिनिधि होटलमा बसे पनि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ। प्रतिनिधि र स्वयंसेवकको लागि राप्रपाले भृकुटीमण्डपमा खाना र खाजाको व्यवस्था गरेको छ। राप्रपाले बुधबार दिउँसोबाट खाजा÷खानाको व्यवस्था गरेको हो। बसोबासको लागि प्रत्येक प्रतिनिधीलाई दैनिक भत्ताको रुपमा १५ सय दिने गरिएको बताइएको छ । नेपाल खबरमा प्रकाशित समाचार ।

Views: