d

कविता: बिरामीको घाउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नसही नहुने,
सहनै पर्ने,
सहेर पनि हरेक क्षण 
निको भई ,
आफ्नो पूर्व अवस्थामा देख्न मन गर्दै,
लाटाले पापा हेरेझै,
हेरिन्छ,
आफ्नो घाउ,
आफूलाई हतार हुन्छ,
घाउ निको पार्न,
तर समयले मान्दैन,
शरीरले मान्दैन,
र निको नहुन्जेल,
हरेक दिन,
सताउँछ घाउले,
चाहे शारीरिक होस,
चाहे मानसिक,
बसिन्छ समयको बिरामी बनी ।

Views: