d

कमल थापाका भतिज द्वारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। एकताको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अध्यक्षमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पनि राजीनामा दिन लागेका हुन्। 

एकता महाधिवेशनको निर्वाचनमा काका कमल थापामाथि निर्मलनिवासबाट षडयन्त्र भएको उनको बुझाइ छ। कमल थापाले सार्वजनिक रूपमा नै राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले नांगाे हस्तक्षेप गरेको आरोप लगाइरहेका वेला उनका भतिजले पनि केन्द्रीय सदस्यबाट राजीनामा दिन लागेका हुन्। नयाँ पत्रिका

iamge: नेपाल पत्र 

Views: