d

३३ किलो सुन प्रकरणका आरोपी अग्रवाल पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

३३ किलो सुन प्रकरणका फरार अभियुक्त ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। सोही आधारमा दुबईबाट नेपाल आउने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीका अनुसार उनी गम्भीर अपराधमा संलग्न व्यक्ति हुन्। उनले आपराधिक गतिविधि र सुनको अवैध चोरी पैठारी र निकासीमा गरेको प्रहरीले जनाएको छ। जिल्ला अदालत मोरङबाट वारेन्ट जारी भएपछि २०७५ साउन ८ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। 

उनीविरुद्ध सञ्जीव शाक्यले जाहेरीले दिएका थिए। अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसुरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको छ। नयाँ पत्रिका।  

Views: