d

कांग्रेस महाधिवेशन: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई निम्तो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न चौधौं महाधिवेशनमा भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई पनि निम्तो पठाएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अल इन्डिया तृणमुल कंग्रेसकी अध्यक्षसमेत रहेकी बेनर्जीलाई महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि निम्तो पठाएका हुन् ।

यस्तै कांग्रेसले भारतीय जनता पार्टी, इन्डियन नेशनल कंग्रेस र समाजवादी पार्टीलाई पनि निमन्त्रणा पठाएको बताइएको छ।   यसैगरी कांग्रेसले महाधिवेशनका लागि दक्षिण एसियाका सबै मुलुकका सत्तारुढ तथा विपक्षी दलका नेतालाई महाधिवेशन निम्ता पठाएको छ । 
 

Views: