d

 महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न थापा पक्षको माग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अप्रत्यासित पराजयपछि कमल थापा पक्षले निर्मल निवासबाट हस्तक्षेप भएको भन्दै छानबिन माग गर्न थालेको छ।


राप्रपाको नयाँ नेतृत्व चयनका क्रममा निर्मल निवासबाट पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहसहितले हस्तक्षेप गरेको थापा पक्षले छानबिन माग गरेको हो। 

थापानिकट एकजना केन्द्रीय सदस्य राजाराम बर्तौलाले निर्मल निवासले महाधिवेशनमा नांगो हस्तक्षेप गरेको जिकिरसहित यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्। 

‘राप्रपा महाधिवेशनका क्रममा निर्मल निवासको नांगो हस्तक्षेपको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्दछ’, उनले सोमबार भनेका छन्, ‘यसबारे स्पष्ट पार्नका निमित्त तत्काल पार्टीले छानबिन समिति बनाओस्।’


यसअघि राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धाका क्रममा अध्यक्षमा अप्रत्यासित हार भोगेपछि थापाले नेतृत्व चयनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए।

उनले शिरमा कफन बाँधेर राजतन्त्रलाई बोकेर हिँडेको गुण तिरेको भन्दै ज्ञानेन्द्र शाहलाई पनि बधाई र धन्यवादसमेत दिँदै कटाक्ष गरेका थिए। 

‘सिङ्गो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’, थापाले यसअघि भनेका थिए, ‘त्यो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त गर्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना!’

तर पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धामा राजा र उनका परिवारलाई जोडेर बदनाम गर्न खोजिनु आपत्तिजनक भएको नवनिर्वाचित अध्यक्ष लिङ्देनले गरेका छन्। उनले यस्ता कुराले राप्रपा महाधिवेशनको सम्प्रभुता र प्रतिनिधिहरूको मतमै प्रश्न उठाउने पनि उल्लेख गरेका थिए। 

Views: