d

राप्रपामा युवाको आकर्षण, २३ वर्षीया सुष्मा मिश्र बनिन् केन्द्रीय सदस्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन्।

उनी खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन् । 

आज बिहान आएको मतपरिणामअनुसार उनले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

उनी बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि थिइन्।

मिश्र कानुनको विद्यार्थी हुन्। उनी राप्रपाको भातृ विद्यार्थी संगठनमा केन्द्रीय उपाध्यक्ष छिन्। उनी राप्रपाको विद्यार्थी संगठनमा पहिले जिल्ला सचिव पनि भएकी थिइन्।

तस्बिर: इमेज खबर 

Views: