d

म अन्तिमपटक पार्टीको सभापति बन्न चाहन्छु : सभापति देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ, २० मङ्सिर। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब आफू अन्तिमपटक पुनः पार्टीको सभापति बन्न चाहेको इच्छा व्यक्त गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आसन्न महाधिवेशनबाट आफू अन्तिम पटकका लागि कांग्रेसको सभापति हुन चाहेको इच्छा व्यक्त गरेका हुन्।


उनले भने, ‘म पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको छु। यो अन्तिमपटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु।’ यसैले आफूलाई आसन्न महाधिवेशनमा जिताउन उनले पार्टीका नेता/कार्यकर्तालाई आग्रह पनि गरे।

Views: