d

ढुक्क हुनुहोस, पार्टी फ़ुट्दैन - राप्रपा नेता पौड्याल (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मिडिया नेपाल अध्यक्ष तथा नव निर्वाचित राप्रपा केन्द्रीय सदस्य गोपाल पौड्यालले राप्रपा बलियो शक्ति बनेर अगाडी बढ्ने बताएका छन् । ए भी न्यूज खबर टेलिभिजन संगको अन्तर्वार्ता क्रममा नेता पौड्यालले राप्रपाले लिएको एजेंडा स्थापित हुँदै गएको बताएका हुन् । 

नेता पौड्यालले पार्टी फुट्छ भनेर भ्रममा नपर्न आग्रह गरेका छन् । 

महाधिवेशन बाट अधिकांश पुराना नेताले हार बेहोर्नु परेको भन्दै उनले चिन्ता व्यक्त गरे।  

राजसंस्था प्रति पार्टीको अडान कायमै रहने समेत बताउंदै नेता पौड्यालले   सानो पार्टीमा जम्बो महाधिवेशन प्रतिनिधि भएकै कारण अप्रत्याशित नतिजा आएको बताए।  

 
गणतन्त्र स्थापना हुँदाको समय राप्रपाको लागि अत्यन्तै कष्टकर रहेको स्मरण गर्दै नेता पौड्यालले भने, 'पार्टीलाई जीवन्तता दिन कफन बाँधेर संघर्ष गरेका नेता हुन् कमल थापा'

पार्टी कमजोर हुँदै जानुमा कमल थापालाई मात्र दोषारोपण गर्न नमिल्ने जिकिर गरे ।  

कमल थापा पराजित हुनुलाई स्वाभाविक मान्न नसकिने उनले बताए।  

 

अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोस

 

Views: