d

रामचन्द्र पाैडेलको अपिल : राजनीतिलाई सम्मानित बनाउने अभियानमा लागौं 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रियताका साथ लाग्न अपिल गरेका छन्। 
सोमबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले यस्तो अपिल गरेका हुन्। प्रदेश अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै नेता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ नेपाली कांग्रेसको रूपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन म हार्दिक अनुरोध गर्दछु।’

लोकतान्त्रिक अभ्यासमा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई निरुत्साहित नभई इतिहासमै कमजोर देखिएको कांग्रेसलाई सिद्धान्त र आदर्शअनुरूप स्वच्छ र जनमुखी बनाउने संघर्षमा उत्साहपूर्वक क्रियाशील रहन पनि नेता पौडेलले अनुरोध गरेका छन्।  

Views: