d

भूपेन्द्र बडुवाल हत्या प्रकरण : घटनामा संलग्न १२ जना समातिए, ९ जना फरार 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लम्कीचुहा नगरपालिका– १ लम्की चौराह बस्ने २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी गरेको छ। पक्राउ पर्नेहरूलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, सोही नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, सोही नगरपालिका–५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका– १ बस्ने २३ वर्षीय प्रवीण रिमाल, सोही नगरपालिका– १ ब्लक नम्बर २५ बस्ने बर्दिया राजापुर नगरपालिका– ७ घर भएका २१ वर्षीय रोहित आले, सोही ठाउँ ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा नगरपालिका–३ गोदाना बस्ने २६ वर्षीय सविनजंग शाही रहेका छन् ।
 
टीकापुर नगरपालिका– १ स्थित सिद्धार्थ होटेलनजिकै अपरिचित व्यक्तिहरूको धारिलो हतियार प्रहारबाट भूपेन्द्रको हत्या भएको थियो। भूपेन्द्रलाई करिब २ किलोमिटरसम्म लखेटी धारिलो हतियार प्रयोग गरी  हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न अन्य ९ जना फरार छन्। 

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  नयाँ पत्रिका।  

Views: