d

कांग्रेस महाधिवेशन प्रतिनिधि काठमाण्डाै आउन थाले

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं  महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाण्डाै आउने क्रम सुरु भएको छ । पार्टीको १३ औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४ औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाण्डाै आउने क्रम सुरु भएको हो । यही मङ्सिर २४ देखि २६ गतेसम्म कांग्रेसको १४ औँ महाधिवेशन हुँदैछ । 

कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाण्डाै आउने क्रम सुरु भएको हो । कांग्रेसले १४ औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका ठाउँमा होटल बुकिङ गरिसकेको बताएको छ । 


जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो ।  त्यस सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रूपमा लिइन्छ । 

Views: