d

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, चुनावकाे घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  काठमाण्डाै – पोर्चुगलका राष्ट्रपति मर्केलाे रिबेलाे डी साैसाले संसद् विघटन गर्दै अग्रिम चुनावकाे घोषणा गरेका छन्।  

राष्ट्रपति सौसाले हिजाे आइतवार संसद् विघटन गरिएको घोषणा गर्दै चुनावकाे मिति तोकेका हुन्  । उनले सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय चुनाव गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै चुनाव घोषणा गरेको बताइएको छ  । सरकारको बजेट पारित गर्नका लागि गएकाे अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

Views: