d

रोहिंग्या शरणार्थीद्वारा फेसबुकसँग एक सय ५० अर्ब माग्दै मुद्दा दायर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थी फेसवुकमाथि मुद्दा दायर गरेका छन्। रोहिंग्यामाथि घृणा फैलाएको भन्दै उनीहरूले मुद्दा दायर गरेको बिबिसीले जनाएको छ।  उनीहरूले फेसबुकसँग १५० अर्ब अमेरिकी डलरभन्दा धेरै क्षतिपूर्ति माग गरेका छन्। फेसबुकबाट उत्पीडित अल्पसंख्यकविरुद्धको हिंसा बढाएको उनीहरूको आरोप छ। सन् २०१७ मा म्यानमारको एक सैन्य कारबाहीमा १० हजार रोहिंग्या मुसलमान मारिएको अनुमान छ। रोहिंग्याको यो कदमबारे फेसबुकले अहिले नै कुनै जवाफ दिएको छैन। फेसबुकमाथि वर्षौदेखि घृणा फैलाएको र गलत सूचना प्रसार गरेको आरोप लाग्दै आएको छ। 

बेलायतमा रोहिंग्या शर्णार्थीको मुद्दा लडिरहेको एक ल फर्मले फेसबुकलाई पत्रसमेत लेखेको छ। उक्त पत्रमा फेसबुकको एल्गोरिदमले रोहिंग्या समुदायका विरुद्धमा घृणा फैलाइएको आरोप लगाइएको छ। फेसबुकले रोहिंग्याविरुद्ध घृणा फैलाउने पोस्ट हटाउन र एकाउन्ट बन्द गर्न नसकेको आरोप लगाइएको छ। अमेरिकामा पनि वकिलहरूले सन्फ्रान्सिसकोमा फेसवुकविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरूले फेसबुकले दक्षिणपूर्वी एसियाको एउटा सानो देशमा बजार बढाउन रोहिंग्याको जीवन दाउमा लगाएको आरोप लगाएका छन्। 

Views: