d

लिङ्देनको अध्यक्षतामा पहिलो बैठक, विचार मिल्ने संग एकता र चुनाव लक्षित कार्य योजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित कमिटीको पहिलो बैठकले विभिन्न समिति गठन गरेको छ । 

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको बैठकले पार्टी एकता र चुनावलाई लक्षित गरी विभिन्न कमिटी गठन गरेको हो । 

बैठकले समान विचारधारा भएका व्यक्ति ,समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ताका लागि महामन्त्री धवल शम्शेर राणाको संयोजकत्वमा समिति बनाइएको छ । समितिमा ऋषिबाबु परियार, दिल विकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेका छन् ।

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र ड.गीताभक्त जोशी सदस्य सचिव रहेका छन्। 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा.राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय गरिएको महामन्त्री राणाले जानकारी दिए। 

पार्टीका सबै भ्रातृ संगठनहरूलाई तीन महिना भित्रमा अनिवार्य रुपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका आगामी १५ दिन भित्रमा पेश गर्न निर्देशन दिने निर्णय गरिएको राप्रपाले जनाएको छ । 

बैठकमा अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित थिएनन्।

Views: