d

  मतदानस्थलमा मोबाइल लैजान नपाइने, यस्तो छ कांग्रेस आचारसंहिता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कांग्रेस केन्द्रीयनिर्वाचन समितिले मतदानस्थलमा मोबाइल लैजान नपाउनेसहितका प्रावधान राखेर आचारसंहिता जारी गरेको छ । १४औँ महाधिवेशनका उम्मेदवार र महाधिवेशन प्रतिनिधि, शुभेच्छुक, समर्थकलाई आचारसंहिता पालना गर्न समितिले आह्वान गरेको छ । 

मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्न समितिले अनुरोध गरेको छ । आचारसंहिता अनुसार व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन । तर, भिजिटिङ कार्ड र सामान्य अपिल जारी गरेर प्रचारप्रसार भने गर्न पाइनेछ । महाधिवेशनस्थलको पाँच सय मिटर वरिपरि निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको ब्यानर, भित्तेलेखन, पोस्टर, तुल, पम्प्लेटआदि टाँस्न र माइकिङ गर्न मनाही गरिएको छ ।   

Views: