d

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ। मेरो लगानी 

हाल बैंकको चुक्ता पूँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ ५० पैसा रहेको छ। १३.३० प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ १९ पैसा कायम हुनेछ।

Views: