d

सकसमा पौडेल पक्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ ।

पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला ।

महामन्त्री डा. शशांक कोइरालाले सोमबारकै छलफलमा साझा उम्मेदवार बन्दा आफू दाबी छोड्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता पौडेलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच एक जनाको नाममा सहमति भए मान्ने, नभए आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । आकांक्षीहरुबीच सहमति हुन नसकेपछि पौडेल समूहका केन्द्रीय सदस्यहरुले साझा उम्मेदवार छान्ने अधिकार आफूहरुलाई दिन माग गरेका छन् । अनलाइन खबर । 

Views: