d

राष्ट्रपतिलाई मानवअधिकार आयोगले बुझायो प्रतिवेदन, दण्डहीनताको अवस्था अझै विद्यमान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय मानवअधिकार आयोगले देशमा दण्डहीनताको अवस्था अझै विद्यमान रहेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले दण्डहीनताको अवस्था कायमै रहेको औँल्याएको हो । 

सिफारिस कार्यान्वयनमा प्रगति नहुनु, सरकारबाट अपेक्षित सहयोग प्राप्त नहुनु, कानुनी अपर्याप्तता आदि चुनौती यथावत रहेको आयोगले बताएको छ । आयोगका चुनौतीलाई सम्बोधन गर्न सरकार एवं सरोकारवालाहरूलाई घच्घच्याइरहेको अध्यक्ष तपबहादुर मगरले बताए । 

आयोगका अनुसार आर्थिक वर्ष ०७७–७८ मा १८६ उजुरी परेका छन् । पुराना र नयाँ गरी २६१ उजुरीउपर अनुसन्धान सम्पन्न भएका छन् ।

आयोगका अनुसार मानवअधिकारको अवस्था एवं विविध विषयमा २१२ अनुगमन सम्पन्न भएको छ । अनुसन्धान गरिएका उजुरीमाथि १८८ निर्णय भएका छन् । नयाँ पत्रिका 

Views: