d

लिङ्देनको उदय संगै पुराना नेता कार्यकर्ताले खोज्न थाले राप्रपा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमान्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देनले नेतृत्व सम्हाले संगै पलायन भएका पुराना नेता कार्यकर्ताहरु पुन: राप्रपामा फर्कन थालेका छन्।  महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएसंगै पार्टीमा नयाँ आशा पलाएको भन्दै उनीहरु पुन: राप्रपाको खोजी गर्न थालेका हुन्।    
अध्यक्ष लिङ्देनले २०७० सालको निर्वाचनमा काठमाडौको क्षेत्र न ६ मा तत्कालिन राप्रपा नेपालका तर्फबाट उम्मदेवार रहेका चर्चित गायक सञ्जय श्रेष्ठलाई आज एक कार्यक्रम बीच राप्रपामा स्वागत गरेका छन्।  

यसैगरी "डाँडैमा मेला लागेछ..." जस्ता गीतका लोकप्रिय गायक कविन्द्र श्रेष्ठ पनि आजै राप्रपामा प्रवेश गरका छन् । बुढानिलकण्ठकी समाजसेवी महिला झुमा तिम्सिना आफैं राप्रपाको कार्यालय खोज्दै आएर राप्रपामा सक्रिय हुने घोषणा गरेको जनाइएको छ।  

 यसअघि महिला संगठनमा रहेर हाल निष्कृय रहेकी उर्मिला रावल पुन: राप्रपामा फर्किएकी छिन् ।

राप्रपामा फर्किएकाहरुलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले विगतमा राप्रपामा रहेर विभिन्न कारणले निस्कृय रहेका देशभक्त राष्ट्रवादीहरुलाई पार्टीमा फर्किइ पुनः सक्रिय रहन अपिल गरेका छन्।  

Views: