d

लिङ्देनका दुई प्रस्ताव:: पूर्ण समानुपातिक सांसद, सांसदले मन्त्री बन्न नपाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ-  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रप्रमुखका रुपमा राजसंस्था र जनताबाट सोझै निर्वाचित प्रधानमन्त्री ल्याउन कांग्रेसहित सबै दलका नेताहरुलाई प्रस्ताव गरेका छन्।

उनले पूर्ण समानुपातिक प्रणालीबाट सांसद निर्वाचित हुनुपर्ने र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने पनि उनले बताए।

उनले दल तथा संस्थाहरुप्रति जनताले विश्वास गुमाएको उल्लेख गर्दै अब राष्ट्रप्रमुखका रुपमा राजालाई ल्याउनुपर्ने प्रस्ताव गरेका हुन्।

उनले गाउँमा नेताहरु जाँदा कुन चाहिँ चोर आएछ भन्ने गरेको र नेताहरुप्रति विश्वास गुमेको पनि उल्लेख गरे।

 

file image

Views: