d

कांग्रेस महाधिवेशनः उम्मेदवारको शुल्क सभापतिमा ३० हजार  मात्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यमा उम्मेदवारी दिनेहरूले शुल्क बुझाउनुपर्ने भएको छ । केन्द्रीय निर्वाचन सदस्य सचिव जगन्नाथ श्रेष्ठकाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यमा चुनाव लड्न केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकको खाता नम्बर ११३००७२६४३६०००२९ मा पैसा जम्मा गर्नुपर्ने छ ।
जसअनुसार सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ तोकिएको छ ।
बन्दसत्रमा समिति संयोजक गोपालकृष्ण घिमिरेले खातामा पैसा अनिवार्य जम्मा गर्नुपर्ने नभए उमेदवारी दर्ता नहुने स्पष्ट पारे । द नेपाल टप।  

Views: