d

 पौडेल पक्षलाई जसरी भएपनि सहमति जुटाउन कार्यकर्ताको चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी रहँदा बाहिर कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । सहमतिमा साझा उम्मेदवार तय गर्न दवाव दिँदै भित्र बैठक बसिरहेको बेला कार्यकर्ताहरुले बाहिर नाराबाजी गरिरहेका हुन् । 


उनीहरुले कुनै पनि हालतमा पौडेल पक्षले साझा उम्मेदवार तय गर्नुपर्ने भन्दै तय नगरे ढोकाबाट बाहिरै निस्कन नदिने चेतावनी दिइरहेका छन्।   अधिकांश महाधिवेशन प्रतिनधिसमेत बत्तीस पुतलीमै रहेका छन् भने उनीहरुले देउवालाई टक्कर दिन साझा उम्मेदवार जरुरी रहेको बताएका छन् । 


पौडेल पक्षमा ४ जना नेताहरु (पौडेलसहित प्रकाशमान सिंह, शेखर र शशांक कोइराला) सभापतिको आकांक्षी हुँदा सहमति जुटाउन महाभारत भएको छ । अहिले सहमति जुटाउनकै लागि पौडेल पक्षीय केन्द्रीय सदस्यसहितका ४ आकांक्षीको बैठक चलिरहेको हो। पौडेल पक्ष बत्तीसपुतलीमा व्यस्त हुँदा भृकुटीमण्डपमा उनीहरुको सहभागिता बिनै बन्दसत्र सकिइसकेको छ।  


बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित भएको छ । बन्दसत्रबाट कोषाध्यक्ष सीताकुमारी यादवको आर्थिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिको नीति, अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी प्रतिवेदन पारित भएको हो । रातोपाटी।

 

Views: