d

कांग्रेस महाधिवेशन: डा. शेखर कोइरालाको उम्मेद्वारी देउवालाई बलियो चुनौती   

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन उद्घोष गर्दै सभापति पदमा उम्मेद्वारी दिएका छन्।
 शुशिल कोइरालाको निधन भए संगै कोइराला परिवार बाट खोसिएको कांग्रेस नेतृत्व हत्याउन शेखर कोइराला सक्षम हुने विश्वास समेत  लिईएको छ।  

 उनि संगै अन्य ५ जना प्रतिस्पर्धी रहेको सभापति पदमा  कोइरालाले जित हात पार्ने लक्षण देखा परेको कांग्रेस नेता कार्यकर्ता माझ चर्चा छ।  

देउवाको नेतृत्वमा कांग्रेसको लोकप्रियता गुमेको भन्दै कोइराला नेतृत्वमा आउँदा गुमेको साख जोगाउन सकिने उनि निकट नेता कार्यकर्ताको दावी छ।  

 पार्टीको जारी १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने अनि पार्टीलाई नयाँ सोच, विचार र कार्यक्रमका साथ अघि बढाउने बताएका छन् । 

५१ प्रतिशतभन्दा बढी युवाहरू महाधिवेशनका प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरूको प्यानल विजयी हुने उनको भनाइ छ । कोइरालाले पार्टीलाई युवाहरूको जोस र पाकाहरूको होसका साथ अघि बढाउने पनि बताए ।


उनले भने, ‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौँ । युवाहरूको जोस र पाकाहरूको होसले पार्टीलाई अगाडि बढाउँछौँ । आफूले युवाहरूसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढी प्रतिनिधिहरू युवा भएकाले आफूहरूको प्यानल नै विजयी हुनेछ ।’

Views: