d

टंक पाठकको कविता संग्रह 'भावनाका फूलहरु' को लोकार्पण (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  कविता संग्रह 'भावनाका फूलहरु' को आज दमकमा लोकार्पण गरिएको छ।  कवी टंक प्रसाद पाठक द्वारा संग्रहित कविता संग्रहको एक औपचारिक कार्यक्रमका विच दमकमा विमोचन गरिएको हो।  

दमक ८ पुल्चोक स्थित निराकेश्वर शिवालय मन्दिरको सभाहलमा आयोजित समारोहमा बिभिन्न वक्ताहरुले पुस्तक माथि चर्चा गरेका थिए ।   

विमोचन कार्यकर्ममा शुभकामना मन्तब्य राख्दै वक्ताहरुले पाठक द्वारा पहिलो किर्तिको रुपमा संग्रहित 'भावनाका फूलहरुको मुक्त कण्ठले प्रसंसा गरे।  

प्रमुख अतिथिको रुपमा कायर्क्रममा मन्तब्य राख्दै प्रा. डा. गोबिन्दराज भट्टराईले 'भावनाका फूलहरु' नामक कविता संग्रहले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।  साहित्यकारले सिर्जना गरेको साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।    

उक्त अवसरमा प्रा. धनन्जय बाँस्कोटाले पुस्तक माथि समीक्षात्मक परिचय प्रस्तुत गरेका थिए।  

कार्यक्रममा साहित्यकार मेघराज तिम्सिना र प्रा. डा. गोविन्दराज भट्टराईलाई दोसल्ला ओडाएर सम्मान अर्पण गरिएको थियो।  

मेघराज तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मी संग्रौला, लक्ष्मी खनाल, हेम अधिकारी, प्रा. डा. अञ्जना शर्मा, खेमलाल पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

बिभिन्न साहित्यकार तथा  संघ/ संस्थाका प्रतिनिधिहरु उल्लेख्य संख्यामा उपस्थित कार्यक्रममा पुस्तक सर्जक  टंक प्रसाद पाठकले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन साहित्यकार भोला आत्रेय पोख्रेलले गरेका थिए।  
  

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: