d

हाम्राे समूहले पहिलाे चरणमै चुनाव जित्छ : शेखर कोइराला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमै चुनाव जित्ने बताएका छन् ।

महाधिवेशनमा संस्थापन इत्तर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने बताएका हुन् । 

उहाँले वीपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी निर्माण गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे।  

कांग्रेसमा रुपान्तरण ल्याउन आफ्नो टिम सक्षम रहेकाे बताउँदै उहाँले आफूहरुको जित सुनिश्चित रहेको दाबी गरे।  

Views: