d

रामचन्द्र पौडेल र शशांक कोइरालाको आशीर्वादले चुनाव जित्दै छौं : शेखर कोइराला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शेखर कोइरालाको आशीर्वाद आफ्नो समूहलाई भएको बताएका छन्। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले वरिष्ठ नेता पौडेलको नाममा सहमति हुन नसकेपछि आफूले उम्मेदवारी दिएको बताए। ‘मैले उहाँलाई छोडेकै हो। तर सहमति हुन सकेन,’ उनले भने, ‘सहमति नभएपछि म सभापतिमा उठेँ भनेर भने। उहाँहरूको आशीर्वाद हाम्रो टिमलाई छ।’

उनले महाधिवेशनपछि सरकार र गठबन्धनलाई अझ सुदृढ बनाएर निर्वाचनमा जाने बताए। ‘सरकारलाई अझ सुदृढ बनाएर, सत्तागठबन्धनलाई सुदृढ बनाएर निर्वाचनमा जाने हो। अर्ली निर्वाचन भन्ने कुरा आउँदैन,’ उनले भने। उनले यो अधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन हुने बताए।

Views: